birat ribon

रगतमा उच्च चिनीको मात्राले स्नायुमा क्षति

Neuro
रगतमा उच्च चिनीको मात्राले स्नायुमा क्षति

विराटनगर / मधुमेहको समस्या भएका बिरामीले हातखुट्टामा झम्झमाउने, घोच्ने वा केही चाल नपाउनेजस्तो समस्या भए यस्ता सङ्केतलाई बेवास्ता गर्नुहुँदैन ।

यो डायबेटिक स्नायु क्षतिको सङ्केत हो । मधुमेहले रगतमा चिनीको मात्रामा मात्र उतार–चढाव ल्याउँदैन, यसले अन्य रोगलाई पनि निम्त्याउने सम्भावना रहन्छ । यसले रगतमा चिनीको मात्रा बढाउँछ र समय बित्दै जाँदा यसले स्नायुहरूलाई ठूलो क्षति पुर्‍याउँछ । लामो समयसम्म टाइप–२ मधुमेह भएको मानिसमा डाइबेटिक न्यूरोप्याथी भनेर चिनिने स्नायु क्षति र पीडाको जोखिम हुन्छ ।
न्यूरोप्याथी मधुमेह रोगीमा देखिने जटिलतामध्ये एक हो ।

cura insider

पेरिफेरल न्यूरोप्याथी, अटोनोमिक न्यूरोप्याथी, प्रक्सिमल न्यूरोप्याथी, फोकल न्यूरोप्याथी गरी चार प्रकारका डायबेटिक स्नायु क्षति हुन्छन् । यसले सुरुमा खुट्टामा असर गर्न सक्छ र बिस्तारै शरीरभरि फैलिने हुन्छ । जसकारण मधुमेह भएको मानिसमा हात खुट्टा झमझमाउने, घोचेको जस्तो वा पोलेको जस्तो हुने, केही चाल नपाउने र कमजोरीलगायतका समस्या हुनसक्छ ।

यसका साथसाथै मांसपेशी कमजोर हुने, अपच, वाकवाकी लाग्ने, बान्ता हुने, उठ्दा रिङ्गटा लाग्ने, पिसाब गर्दा समस्या हुने, पसिना धेरै आउने, मुटुको गति बढ्नेलगायतका समस्या देखिनसक्छन् । यी समस्यालाई समयमा उचपार गरे सहजै निको पार्न सकिन्छ । यसका लागि रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, हातखुट्टामा मोइस्चराइजर लगाउने, खुट्टाको नङमा ध्यान दिने गर्नुपर्छ ।

समयको अन्तरालमा, मधुमेहका कारण स्नायु र रगतको सञ्चारमा हुने समस्याले गर्दा खुट्टामा घाउ वा अल्सरको समस्या हुन सक्छ । यदि अल्सर भएमा सङ्क्रमण बढ्दै जाने हुन्छ । गम्भीर सङ्क्रमण हुँदा मधुमेहपीडितले खुट्टा नै काट्नुपर्ने हुनसक्छ ।

jackson ribon