birat ribon

रुसको खोप सबै उमेरका मानिसमा प्रभावकारी

Neuro
रुसको खोप सबै उमेरका मानिसमा प्रभावकारी

विराटनगर / रुसको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक पाँचौँ सबै उमेरका मानिसहरूमा प्रभावकारी रहेको पाइएको छ ।

खोप बनाउने कम्पनी गमालिया रिसर्च इन्स्टिच्यूटका प्रमुख अलेक्जेन्डर गिन्ट्सबर्गले स्पुतनिक पाँचौँ खोप सबै उमेरका मानिसहरूमा प्रभावकारी देखिएको बताएका हुन् । सुरुवातमा उक्त खोप ६० वर्षभन्दा माथिका उमेरका मानिसमा कम प्रभावकारी हुन्छ भन्ने धेरै शङ्काहरू थिए । तर, यो सत्य नभएको र खोप हरेक उमेरका मानिसहरूमा प्रभावकारी हुने गिन्ट्सबर्गको भनाइ छ ।

cura insider

हाल विश्वमा उपलब्ध भएका तथा वितरण भइरहेका खोपहरुमध्ये स्पुतनिक खोप सबैभन्दा प्रभावकारी रहेको उनको दावी छ । खोपको प्रभावकारिता दुई वा सोभन्दा लामो समयसम्म रहने पनि बताइएको छ । स्पुतनिक पाँचौँ कोभिड १९ विरुद्ध आपतकालीन प्रयोगको अनुमति पाउने पहिलो खोप हो । अन्तिम चरणको ट्रायलमा उक्त खोप ९२ प्रतिशतसम्म प्रभावकारी र सुरक्षित देखिएको हो ।

jackson ribon