birat ribon

‘राधे’ र ‘सूर्यवंशी’को प्रदर्शन मिति सार्वजनिक

Neuro
‘राधे’ र ‘सूर्यवंशी’को प्रदर्शन मिति सार्वजनिक

विराटनगर / बलिउडका दुई बहुप्रतिक्षित फिल्म ‘राधे’ र ‘सूर्यवंशी’को प्रदर्शन मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण दुई फिल्मको रिलिज मिति स्थगित गरिएको थियो ।

‘राधे– योर मोस्ट वान्टेन्ड भाइ’ एक क्राइम थ्रिलर फिल्म हो जस्लाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्ममा सलमान खान, दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्रफ मुख्य भूमिकामा छन् । यो फिल्म सन् २०१५ मा आएको साउथ कोरियन फिल्म ‘भेतेरन’ को रिमेक हो । ‘राधे– योर मोस्ट वान्टेन्ड भाइ’ यही वर्षको इदमा रिलिज हुनेछ । यो फिल्म १३ मे २०२१ मा रिलिज हुनेछ ।

cura insider

यस्तै सन् २०२० को बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । दुई चोटि आफ्नो प्रदर्शन मिति सारिसकेको फिल्म ‘सूर्यवंशी’को निर्माण टिमले आइतबार रिलिज मिति फाइनल गरेका हुन् । रोहित शेट्टी निर्देशित यो फिल्ममा अक्षयकुमार, क्याट्रिना कैफ, गुलसन ग्रोबर र ज्याकी श्रफ मुख्य भूमिकामा छन् । ‘सूर्यवंशी’ आगामी अप्रिल ३० मा रिलिज हुनेछ ।

jackson ribon