birat ribon

माधव, प्रचण्ड र देउवाले महिला हिंसाविरोधी अध्यादेश ल्याउन रोकेको आरोप

Neuro
माधव, प्रचण्ड र देउवाले महिला हिंसाविरोधी अध्यादेश ल्याउन रोकेको आरोप

काठमाडौँ / उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याउन लागिएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् । उनले पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवाले सो अध्यादेश टेबुल गर्न नदिएको बताए ।

शनिबार काठमाडौँमा महिला अगुवाहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिला अधिकारको कुरा गर्ने, कम्युनिस्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिले नथाक्नेहरू नै महिला अधिकार र सुरक्षाविरुद्ध अग्रपङ्क्तिमा उभिएको दाबी गरे । उनले महिला हिंसा र बलात्कारविरुद्ध अपराधीहरूलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधिसभामा पेस गर्न नदिने क्रियाकलापमा संलग्नलाई घृणापूर्वक अस्वीकार गर्न पनि आग्रह गरे ।

cura insider

‘कम्युनिष्ट हुँ, लोकतन्त्रको पक्षधर हँु भनेर नथाक्नेहरूले नै महिलामाथि एसिड आक्रमण गर्ने अपराधीहरूलाई दण्डित गर्न ल्याइएको अध्यादेश टेबुल गर्न दिएनन्,’ पोखरेलले भने, ‘त्यस्ता नक्कली कुरा गर्ने पात्रहरूविरुद्ध विरोध र भत्र्सना गरौँ भन्ने प्रस्ताव म राख्न चाहन्छु ।’

फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश संविधानको व्यवस्थाविपरीत ल्याएको भन्दै विरोध गरेको थियो । काङ्ग्रेसको विरोधपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । उपप्रधानमन्त्रीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन अनेक खेल भइरहेको भन्दै त्यसविरुद्ध खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

jackson ribon