birat ribon

पुलिस क्लबले उचाल्यो मेयरकप उपाधि

Neuro
पुलिस क्लबले उचाल्यो मेयरकप उपाधि

काठमाडौँ / नेपाल पुलिस क्लबले एपिएफमाथि आठ विकेटको नतिजाका साथ काठमाडौँ मेयरकप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको विभागीय डर्बी फाइनलमा एपिएफले प्रस्तुत गरेको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा सबै विकेट गुमाउँदै पूरा गरेको थियो ।

cura insider

पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । सुनिलले ८२ बलमा सात चौका र एक छक्का प्रहार गरे । एपिएफका अविनाश बोहोरा र भुवन कार्कीले समान एक विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफ २९.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा सीमित बनेको थियो । एपिएफका लागि वसन्त रेग्मीले प्रहार गरेको २२ रन व्यक्तिगत सर्वाधिक रन बन्न पुग्यो । पहिलो तीन ओभरमा तीन विकेट गुमाएपछि एपिएफ सुरुआती दबाबमा परेको थियो ।

पाँच रन जोड्दा दुई विकेट गुमाएको एपिएफले थप पाँच रन जोड्दा ओपनर शरद भेषवाकरलाई पनि रन खाता नखोल्दै गुमायो । शरदलाई गुल्सनले विकेटकिपर दिलिपबाट क्याच गराएका थिए ।

चौथो विकेटका लागि सन्दिप जोरा र भुवन कार्कीले ३२ रनको साझेदारीका साथ टोलीको इनिङ्स उकास्ने प्रयास गरेका थिए । सन्दिपले १८ र भुवनले १४ रन जोडे । अमरसिंह रौटेला र वसन्तले आठौँ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । अमरले १८ रन जोडे ।

पुलिसका गुल्सनले सात ओभरमा ३६ रन खर्चिंदै चार विकेट लिँदा सागरले ७.४ ओभरमा २८ रन खर्चिंदै चार विकेट लिए । पवन शराफ र ललित राजवंशीले समान एक विकेट लिए । प्रतियोगिताको विजेता पुलिसले नगद पाँच लाख, उपविजेता एपिएफले तीन लाख प्राप्त गरे ।

पुलिसका दिपेन्द्रसिहं ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दा आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट ब्याटस्म्यान र बाग्मती प्रदेशका ओरियो पौडेल उत्कृष्ट बलर बने । दिपेन्द्रले नगद ५० हजार हात पार्दा विनोद र ओरियोले समान २५ हजार प्राप्त गरे ।

jackson ribon