birat ribon

विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा

Neuro
विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन विराटनगरमा हुने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको अधिवेशन चैत २०, २१ र २२ गते विराटनगरमा हुने भएको हो ।

विराटनगरमा हुने अधिवेशनमा देशभरबाट ७ सय बढी प्रतिनिधिहरू सहभागिता रहनेछन् ।

cura insider

वि.स. २०५२ सालमा स्थापना भएको परिषद्ले प्रत्येक २÷२ वर्षमा राष्ट्रिय अधिवेशन गर्दै आएको छ । दलीय राजनीति भन्दा बाहिर रहेर परिषद्ले विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको छ ।

“एक सङ्कल्प राष्ट्रका लागी” भन्ने मुल नाराका साथ परिषद्ले क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा निरन्तर विभिन्न कार्यहरु गर्दै आएको परिषद्का राष्ट्रिय सचिव जिवन निरौलाले बताए । अधिवेशन हुने भएपछि परिषद्मा आवद्ध विराटनगरका सदस्य तयारीमा जुटेका छन् ।

jackson ribon