birat ribon

मिलको फित्तामा सल बेरिदा महिलाको मृत्यु

Neuro
मिलको फित्तामा सल बेरिदा महिलाको मृत्यु

विराटनगर । धानकुट्ने मिलको फित्तामा सलले बेरिएर दुर्घटना हुँदा भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर रामप्रसादराई गाउँपालिका– १ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको मृत्यु भएको हो ।

शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएको थियो । घाइते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

cura insider
jackson ribon