birat ribon

एमालेमा गएकालाई कारबाही गर्ने नेकपा (माओवादी केन्द्र)को तयारी

Neuro
एमालेमा गएकालाई कारबाही गर्ने नेकपा (माओवादी केन्द्र)को तयारी

विराटनगर / सर्वोच्चको फैसलासँगै नेकपाबाट अलग भएर पूर्ववत् अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र)ले एमालेमा गएकाहरुलाई कारबाहीको तयारी गरेको छ ।

त्यही विषयमा छलफल गर्न आज (आइतबार) पार्टीले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठकमा छलफल भएपछि नेकपा (एमाले)मा गएका सांसदलाई कारबाही गरिने स्रोतले बतायो । पार्टीबाट कारबाही भएमा माओवादी केन्द्रका सांसदको पद गुम्ने छ ।

cura insider

फागुन २९ गते अर्थात हिजो बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारमा रहेका सात जना मन्त्रीलाई पार्टीमिा फिर्ता हुन निर्देशन दिँदै उनीहरुलाई पार्टीमा फर्किने वा नफर्किने जबाफ दिन २४ घन्टे स्पष्टिकरण सोधेको थियो। उनीहरुले कुनै स्पष्टिकरण भने बुझाएका छैनन् । आज बस्ने केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई कारबाही गर्ने तयारी गरिएको माओवादीका एक नेताले बताए। उनका अनुसार सरकारमा सहभागी सात जना मन्त्रीलाई दलबाट निष्कासनको निर्णय गर्ने तयारी छ।

राजनीतिक दलसम्बन्धी ऐनले पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा पद गुम्ने व्यवस्था गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ को उपदफा (१) मा कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म पद जोगाउनलाई जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्न नहुने व्यवस्था गरेको छ ।

उपदफा (२) मा दल त्याग गरेमा पद गुम्ने व्यवस्था गर्दै उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने व्यवस्था छ । दल त्याग गरेको व्यक्तिलाई सम्बन्धित दलको केन्द्रीय समितिले मात्रै कारबाही गर्ने व्यवस्था ऐनमा गरिएको छ। केन्द्रीय समितिले दलबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयमा दिनुपर्ने व्यवस्था गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा केन्द्रीय कमिटीको बैठक बोलाएर माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। जसमा सात जना मन्त्री छन्। त्यो बैठकमा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन।

संसद् सचिवालयमा आएको सूचना सभामुख वा उपसभामुखले संसद्मा पढेर सुनाएपछि वा संसद् नचलेको अवस्थामा संसद् सचिवालयले सूचना पार्टीमा टाँस गरेपछि सांसदको पद जाने व्यवस्था रहेको बताइएको छ ।

jackson ribon