birat ribon

गैरकानुनी रुपमा कुवेत पुगेका नेपाली कामदारको मृत्यु

Neuro
गैरकानुनी रुपमा कुवेत पुगेका नेपाली कामदारको मृत्यु

विराटनगर / वैदेशिक रोजगारीका लागि गैर कानुनी रुपमा गएका एक नेपाली कामदारको कुवेतमा मृत्यु भएको छ ।

रोल्पाका दिलिपसिंह बुढामगरको मृत्यु भएको हो । उनी गैरकानुनी रुपमा कुवेत पुगेर अवैध रुपमा लुकिछिपी रहेका थिए । बिरामी परेपछि कुवेतको आदान अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा ज्यान गएको बताइएको छ । नियमको पालना नगरिकन अवैध रुपमा कुवेत पुगेका बुढामगर त्यहाँ गैरकानुनी रुपमै कार्यरत मजदुर हुन् ।

cura insider

स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि उनलाई अस्पताल लागिएको थियो । मृतक कति वर्षदेखि कुवेतमा कार्यरत थिए, गैरकानुनी रुपमा कहिले पुगेका हुन् र उनले काम गर्ने कुन कम्पनी हो भन्ने बारे खुल्न सकिरहेको छैन ।

मृतकको परिवारसँग सामन्यव गरेर आवश्यक प्रक्रिया पूरा गर्दै शव स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। मृतकको घरमा श्रीमती र तीन छोराहरु छन् ।

jackson ribon