birat ribon

सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा थप १२ जनाको ज्यान गयो

Neuro
सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा थप १२ जनाको ज्यान गयो

विराटनगर / म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर १३ वर्षीय बालकसहित थप १२ प्रदर्शनकारीको ज्यान गएको छ ।

दिन प्रतिदिन झडप र गोली प्रहारका घटना हुन थालेपछि म्यानमारमा सैन्य शासक झन क्रुर बन्दै गएको रुपमा लिइएको छ । सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर १२ जना सर्वसाधारणको हत्या गरेका छन्। सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिकमाथि सुरक्षाकर्मीले गोली चलाएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

cura insider

म्यानमारको दोस्रो ठूलो शहर मन्डले र प्याये शहरमा सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो नरसंहार भएको रोयटर्सले जनाएको छ। केही हप्ताअघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान हुन सकिरहेको छैन । सुरक्षाकर्मीले घाइतेलाई भेट्ने र उनीहरुको अवस्था बुझ्ने बारेमा रोक लगाइरहेका छन् । गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट म्यानमारमा ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शीर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

यसैबीच म्यानमारमा सैन्य ‘कु’को विरोध गर्ने नागरिकलाई अमेरिकाले आश्रय दिने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले पीडित नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने बताएका हुन्। यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेमा लागू हुने पनि अमेरिकाले जनाएको छ। म्यानमारको सेनाले सत्ता हातमा लिएपछि अमेरिकाले विरोध गर्दै आएको छ।

jackson ribon