birat ribon

श्रीलङ्कामा अब सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउन नपाइने

Neuro
श्रीलङ्कामा अब सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउन नपाइने

विराटनगर / श्रीलङ्काले अब सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउन नपाइने भएको छ ।

चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण हुन थालेपछि श्रीलङ्काले राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाएको हो । अनुहार छोप्नै पर्ने हुँ अरु तरिका अपनाउनु पर्ने नियम लगाइएको छ । श्रीलङ्काले यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको थियो । तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गरिने श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले जानकारी दिए ।

cura insider

सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उनले बताए । योसम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ।

सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर दुई सय ५० जनाको मृत्यु भएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिने गरिन्छ । बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहे पनि स्थायी रुपमै रोक्ने निर्णय लामो समयदेखि अलपत्र परिरहेको थियो ।

jackson ribon