birat ribon

विराटनगरको न्युरो अस्पतालले दिएन शव

Neuro
विराटनगरको न्युरो अस्पतालले दिएन शव

विराटनगर / परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो।

cura insider

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव नदिएकाे बताए ।

अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले कापर परिवारले झन्डै तीन लाख बुझाउन बाँकी रहेको बताए । याे समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

jackson ribon