birat ribon

दरबार हत्याकाण्डसँगै बन्द भएको नारायणहिटीको सिनेमा हल सञ्चालनमा ल्याइने

Neuro
दरबार हत्याकाण्डसँगै बन्द भएको नारायणहिटीको सिनेमा हल सञ्चालनमा ल्याइने

विराटनगर / दरबार हत्याकाण्डसँगै बन्द भएको नारायणहिटी दरबारभित्रको सिनेमा (चलचित्र) हल सञ्चालनमा ल्याइने भएको छ ।

नारायणहिटी दरबारभित्रको उक्त हलमा तत्कालीन राजपरिवारका सदस्य र नातेदारले सिनेमा हेर्ने गरेका थिए । दरबार हत्याकाण्डसँगै हल बन्द भएको थियो ।
गणतन्त्रपछि नारायणहिटीलाई संग्रहालय बनाइए पनि धेरैलाई दरबारभित्रको सिनेमा हलबारे थाहा छैन । अब, भने राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर सर्वसाधारणले समेत सिनेमा हेर्न पाउने भएका छन् ।

cura insider

एक सय १६ सिट क्षमताको हल आगामी वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने संग्रहालय विकास समितिले तयारी छ । अवलोकन गर्न आउनेलाई दरबारमा रहेका पुराना सिनेमा र डकुमेन्ट्री देखाउने समितिको योजना छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon