birat ribon

नेपालमा डेढ महिनाभित्र १५ लाखलाई कोरोनाविरुद्धको खोप

Neuro
नेपालमा डेढ महिनाभित्र १५ लाखलाई कोरोनाविरुद्धको खोप

विराटनगर / नेपालमा डेढ महिनाभित्र १५ लाख जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।

सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये अभियान सुरु भएको डेढ महिनाभित्रमा मा १५ लाखभन्दा बढीले पाएका हुन् । भारतको सेरम कम्पनीबाट खरिद गरेकोबाट १० लाख, भारतले अनुदानमा दिएको १० लाख र कोभ्याक्सबाट अनुदानमा पाएको तीन लाख ४६ हजार गरी सरकारले २३ लाख ४६ हजार डोज जुटाएको थियो ।

cura insider

अब सरकारसँग आठ लाख ४६ हजार डोज खोप मौज्दात छ । सेरमले अझै १० लाख खोप दिन बाँकी छ । त्यसबापत तिर्नुपर्ने ५० करोड रुपैयाँ सरकारले भुक्तानी गरिसकेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon