birat ribon

अरुण तेस्रोले तीव्र बन्यो स्थानीय विकास

Neuro
अरुण तेस्रोले तीव्र बन्यो स्थानीय विकास

विराटनगर / बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

यो परियोजना निर्माणले स्थानीय बासिन्दालाई सडक, विद्यालयलगायतका पूर्वाधार निर्माण, सीपमूलक तालिम, रोजगारी, आयआर्जन, स्वास्थ्य, शिक्षाजस्ता अवसर प्राप्त भएको छ । एक खर्ब ४८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना २०७३ चैतदेखि निर्माण भइरहेको छ ।

cura insider

हालसम्म ४० प्रतिशत प्रगति रहेको परियोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ । यसको चार सय २८ मिटरको डाइभर्सन सुरुङ निर्माण भई पानी पथान्तरणसमेत भएको छ । कुल ११.७ किलोमिटर मुख्य सुरुङ, बाँध र विद्युत्गृहको काम भइरहेको छ ।

यो परियोजनाको चर्चा भएको करिब चार दशकपछि भारतीय सरकारको स्वामित्व रहेको कम्पनी सतलज जलविद्युत् निगमले निर्माणको जिम्मा पाएको हो । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बाँध र मकालु गाउँपालिकामा विद्युत्गृह निर्माण भइरहेको छ ।

अरुण तेस्रो जलविद्युत् परियोजनाबाट उत्पादन हुने नौ सय मेगावाटमध्ये नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७.१ मेगावाट विद्युत् निःशुल्क प्राप्त गर्ने छ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने छ । यो निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण हुने परियोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon