birat ribon

सरकारको नेतृत्व गर्न तयार रहेको कांग्रेस भरपर्दो वातावरणको खोजीमा

Neuro
सरकारको नेतृत्व गर्न तयार रहेको कांग्रेस भरपर्दो वातावरणको खोजीमा

विराटनगर / सरकारको नेतृत्व गर्न तयार देखिएको नेपाली कांग्रेसले त्यसका लागि भरपर्दो वातावरणको खोजी गरिरहेको छ ।

नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दलले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको हो । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ ।

cura insider

तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो ।

कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एक मत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रहसमेत गरिरहेका छन् ।

यद्यपि, देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए । तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले जानकारी दिए । राजधानी दैनिकमा समाचार छ

jackson ribon