birat ribon

बायर्नको सहज जित

Neuro
बायर्नको सहज जित

विराटनगर / जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति बायर्नले वेर्डरलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

बायर्नको जितमा लियोन गोरेट्का, सर्जी ग्नाब्री र रोबर्ट लेवान्डोस्कीले समान एक–एक गोल गरे । वेर्डरका निक्लस फुलक्रुगले एक गोल फर्काए ।

cura insider

बायर्नले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । वेर्डरका फुलक्रुगले खेल सकिन पाँच मिनेटमा बाँकी छँदा एक गोल गरे ।

जितसँगै शीर्ष स्थानको बायर्नले २५ खेलमा ५८ अङ्क जोडेको छ । १२औँ स्थानको वेर्डरसँग ३० अङ्क छ ।

jackson ribon