birat ribon

बर्न्लीसँग एभर्टन स्तब्ध

Neuro
बर्न्लीसँग एभर्टन स्तब्ध

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा गए राति एभर्टन बर्न्लीसँग २–१ गोलले स्तब्ध बनेको छ । एभर्टनको मैदानमा पाहुना टोलीलाई जिताउन क्रिस वुड र राइट एमसीनेलले समान एक–एक गोल गरे ।

एभर्टनका डोमिनिक काल्भर्ट–लेविनले एक गोल फर्काए ।

cura insider

खेलको १३औँ मिनेटमा वुडले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए । २४औँ मिनेटमा एमसीनेलले गोल गर्दै बर्न्लीको अग्रता दोब्बर बनाए ।

३२औँ मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने प्रयास गरे । तर बाँकी समय गोल नहुँदा आफ्नै मैदानमा एभर्टन स्तब्ध भयो ।

यससँगै १५औँ स्थानको बर्न्लीले २९ खेलमा ३३ अङ्क जोड्यो । एभर्टन भने ४६ अङ्कका साथ छैटौँ स्थानमा छ । उसले २८ खेल खेलेको छ ।

jackson ribon