birat ribon

मोरङको सुन्दरहरैँचाका युवा उद्यमीलाई चार प्रतिशत ब्याजदरमा कर्जा

Neuro
मोरङको सुन्दरहरैँचाका युवा उद्यमीलाई चार प्रतिशत ब्याजदरमा कर्जा

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिकाका युवा उद्यमी अब चार प्रतिशत ब्याजदर कर्जाको हकदार बनेका छन् ।

उद्यम गर्न चाहने युवाले दुईदेखि १५ लाख रुपैयाँसम्म कर्जा चार प्रतिशत ब्याजदरमा पाउने भएका छन् । नेपाल बंगलादेश बैङ्क र सुन्दरहरैँचा नगरपालिकाबीच भएको सम्झौता अनुसार कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क गर्ने भएको छ ।

cura insider

नगरप्रमुख शिवप्रसाद ढकाल र बैङ्कको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गरेपछि त्यसकै आधारमा नगरले बैङ्कसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौता भएको नगरप्रमख ढकालले बताए ।

jackson ribon