birat ribon

हेर्थामाथि डर्टमुण्डको जित

Neuro
हेर्थामाथि डर्टमुण्डको जित

विराटनगर / जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले हेर्थामाथि २–० गोलको जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा डर्टमुण्डलाई उसैको मैदानमा जिताउन जुलियन बान्डट र युसुफा मौनकोकोले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औँ मिनेटमा ब्रान्डटले गोल गर्दै डर्टमुण्डलाई सुरुआती अग्रता दिलाए ।

cura insider
Image

८०औँ मिनेटमा भ्लादमिर दरिन्दाले रातो कार्ड पाएपछि हेर्था दस खेलाडीमा सीमित बनेको थियो । खेलको इन्ज्युरी समयमा मौनकोकोले गोल गर्दै डर्टमुण्डलाई २–० गोलको जित दिलाए ।

जितसँगै पाँचौँ स्थानको डर्टमुण्डले २५ खेलमा ४२ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको बायर्न म्युनिखभन्दा १६ अङ्कले पछाडि छ ।

हेर्था भने २१ अङ्कका साथ १५औँ स्थानमा छ ।

jackson ribon