birat ribon

सबै तयार रहनु, आन्दोलन गनुपर्छ : कुखुरा पालक किसान सङ्घ

Neuro
सबै तयार रहनु, आन्दोलन गनुपर्छ : कुखुरा पालक किसान सङ्घ

विराटनगर / नेपाल कुखुरा पालक किसान सङ्घले आन्दोलनका लागि तयार रहन सबै कुखुरा पालक किसानलाई आग्रह गरेको छ ।

सरकारले दानाको मूल्य वृद्धि तथा चल्ला उत्पादन लागत मूल्य भन्दा एक सय १० प्रतिशत वृद्धि गरेको भन्दै सङ्घले फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष झनकप्रसाद पौडेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अहिलेकै अवस्था रहि रहने हो भने सम्पूर्ण साना किसानले पेसाबाट हात धुनुपर्ने बाध्यता आइलाग्ने भन्दै चिन्ता व्यक्त गरे ।

cura insider

मूल्यवृद्धिले बजारमा उत्पादक र उपभोक्ताको हित विपरित विचौलियाहरुको बिगबिगीको कारण पनि किसानहरुले अपुरणीय घाटा व्यहोर्नु परेको विज्ञप्तिमा जनाइएको छ । अहिलेको अवस्थामा सरकारले उल्टै विदेशी लगानी भित्र्याइ साना किसान उद्यमीहरु मास्ने नीति ल्याएको भन्दै त्यसप्रति भत्र्सनासमेत गरेको छ । सङ्घले किसान प्रेमी सबैलाई आ–आफ्नो पायक पर्ने जिल्ला, क्षेत्र, स्थानीय तहमा आन्दोलनको तयारीमा रहन पनि अनुरोध गरेको छ । हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon