birat ribon

बराबरीमा रोकियो एथ्लेटिको, रियल र बार्सिलोनालाई फाइदा

Neuro
बराबरीमा रोकियो एथ्लेटिको, रियल र बार्सिलोनालाई फाइदा

विराटनगर / स्पेसिन ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । शनिबार राति गेटाफेको मैदानमा एथ्लेटिकोले बराबरी अङ्क बाँडेको हो ।

खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ७०औँ मिनेटमा अलम नियोमले रातो कार्ड खाएपछि गेटाफे दस खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा एथ्लेटिकोले उठाउन सकेन ।

cura insider
La Liga news - Atletico Madrid drop points in title race as ten-man Getafe  fight for draw - Eurosport

बराबरीसँगै शीर्ष स्थानकाे एथ्लेटिकोले २७ खेलमा ६३ अङ्क जोड्यो । एथ्लेटिकोले बराबरी खेल्दा दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई फाइदा पुग्यो ।

दोस्रो स्थानको रियलले २७ खेलमा ५७ अङ्क जोडेको छ । २६ खेल खेलेको बार्सिलोना ५६ अङ्कसहित तेस्रो स्थानमा छ ।

गेटाफे भने २८ अङ्कका साथ १५औँ स्थानमा छ ।

jackson ribon