birat ribon

सिटीको सहज जित, बनायो १७ अङ्कको अग्रता

Neuro
सिटीको सहज जित, बनायो १७ अङ्कको अग्रता

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा लिग म्यानचेस्टर सिटीले फुलह्याममाथि ३–० गोलको सहज जित निकालेको छ । शनिबार राति फुलह्यामको मैदानमा सिटीलाई जिताउन जोन स्टोन्स, ग्राबियल जिसस र सर्जियो अगुएरोले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४७औँ मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ५६औँ मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउँदा ६०औँ मिनेटमा अगुएरोले पेनाल्टीमा गोल गर्दै ३–० गोलको जित दिलाए ।

cura insider

जितसँगै सिटीले अङ्क तालिकामा १७ अङ्कको अग्रता बनाएको छ । उसले ३० खेलमा ७१ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ५४ अङ्क छ । उसले २८ खेल खेलेको छ ।

फुलह्याम भने २६ अङ्कका साथ १८औँ स्थानमा छ । उसले २९ खेल खेलेको छ ।

jackson ribon