birat ribon

रियल मड्रिडले बार्सिलोनालाई उछिन्यो

Neuro
रियल मड्रिडले बार्सिलोनालाई उछिन्यो

विराटनगर / स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेमाथि २–१ गोलको जित निकाल्दै रियल दोस्रो स्थानमा उक्लिएको हो ।

रियलको मैदानमा घरेलु टोलीलाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे । इल्चेका डेनी काल्भोले एक गोल गरे ।

cura insider

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पाहुना टोली इल्चेले सुरुआती अग्रता बनाएको थियो । ६१औँ मिनेटमा काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाए ।

Image

७३औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए । यस्तै इन्ज्युरी समयमा बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

जितसँगै रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । रियलले २७ खेलमा ५७ अङ्क जोड्यो । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ५६ अङ्कसहित तेस्रो स्थानमा छ ।

इल्चे भने २४ अङ्कका साथ १७औँ स्थानमा छ ।

jackson ribon