birat ribon

जनताको चेतनास्तर उठे मात्र राम्रो नेता जन्मिन्छ : प्रचण्ड

Neuro
जनताको चेतनास्तर उठे मात्र राम्रो नेता जन्मिन्छ : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरूको आर्थिक स्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा समृद्धिलाई नाप्न सकिने उनको भनाइ छ ।

मानिस हुनुका नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई समृद्धि मान्न नसकिने बताए । ‘सम्मृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्ति अर्बपति, खर्बपति भए त्यसैलाई ?’ उनले भने, ‘धनी र गरिबको ग्याप, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर प¥यो भने त्यसलाई समृद्धि भन्न सकिँदैन ।’

cura insider

उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्त्वपूर्ण भूमिका रहेको बताए । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उहाँले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए । ‘नेताहरू भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन,’ उनले भने, ‘जनताको चेतनाको स्तर आमरूपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ ।’

jackson ribon