birat ribon

११ महिनापछि खुल्यो विराटनगरको क्यूएफएक्स सिनेमा

Neuro
११ महिनापछि खुल्यो विराटनगरको क्यूएफएक्स सिनेमा

विराटनगर । कोरोना महामारीका कारण बन्द भएको विराटनगरको क्यूएफएक्स सिनेमाघर सञ्चालनमा आएको छ ।

भाटभटेनी विराटनगरको पाँचौ तलामा रहेको क्युएफएक्स गत वर्ष चैत पहिलो साताबाट बन्द भएको थियो । शिवरात्रीको अवसर पारेर बिहीबारबाट हल पून सञ्चालनमा आएको हो ।

cura insider

कोरोना महामारी नियन्त्रणमा आएपछि सतर्कतासहित सिनेमाघर सञ्चालनमा ल्याइएको क्यूएफएक्स विराटनगरका म्यानेजर राजन ठाडामगरले जानकारी दिए ।

उनका अनुसार सिनेमाघरमा दैनिक ३ वटा सो सञ्चालन गरिनेछ । हरेक दिन १२, ३ र बेलुका ६ बजेको सो सञ्चालन हुनेछ ।

कोरोना सङ्क्रमणको जोखिम रहेकाले सतर्कतासहित हल सञ्चालन गरिएको उनले बताए । ‘ सिनेमाघरहरु यस अघि नै खुलिसकेका थिए, क्यूएफएक्स ११ महिना सञ्चालनमा ल्याएका छौं,’उनले भने ‘ हल भित्र सुरक्षा सतर्कता अपनाइएको छ ।’

सामान्य अवस्थामा हलमा २५ जना कामदार कार्यरत थिए । दर्शकको सङ्ख्या कम भएकाले आधा मात्रै कामदार प्रयोग गरिएको छ ।

क्यूएफएक्स विराटनगरमा दुई वटाहरु सञ्चालनमा छन् ।

jackson ribon