birat ribon

जनावरको स्वतन्त्रतामा मानव बाधक बन्न नहुने

Neuro
जनावरको स्वतन्त्रतामा मानव बाधक बन्न नहुने

विराटनगर / जीवजन्तु र मानवबीचको सुमधुर सम्बन्धले मात्र वातावरण राम्रो हुने धारणा बताइएको छ ।

प्राणीशास्त्र समाज नेपालद्वारा आज यहाँ आयोजित एकदिने गोष्ठीमा प्राणी शास्त्रले स्वस्थ्य जीवनयापन गर्न, वातावरण स्वच्छ राख्न जीवजन्तुको संरक्षण हुनुपर्ने सहभागीले बताएका छन् । जनावरलाई स्वतन्त्ररुपमा विचरण गर्न मानव बाधक बन्न नहुने सरोकारवालाहरुको धारणा थियो ।

cura insider

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पिँजडामा रहेको ‘सुगा’ लाई उडाएर कार्यक्रमको उद्घाटन गर्दै नेपालको शासन व्यवस्था विधि र प्रणालीअनुसार नचलेकै कारण प्राकृतिक साधन, स्रोतको धनी भएर पनि गरीब भएको बताए ।

सामाजिक विकासमन्त्री समेत रहेका मन्त्री कार्कीले सफलताको सिँढी विधि र प्रक्रिया भएकाले यसलाई मास्न दिन नहुने तर्क गर्दै प्रणाली बिग्रेमा सबै थोक बिग्रने भएकाले यसमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

प्राणीशास्त्रमा अध्ययन एवं अनुसन्धान गर्ने जनशक्तिले खोज र अनुसन्धानका बारेमा जानकारी दिनुपर्ने बताउँदै प्राणीशास्त्रमा अझ गहकिलो खोज र अनुसन्धान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिभुवन विश्वविद्यालयका प्रबुद्ध वर्गहरुले अनुसन्धान र खोजमा लागेर सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दै सर्वाधिक जनशक्ति, स्रोत र संरचना भएको प्राज्ञिक संस्थाका काम गर्ने कर्मचारीहरु चुप लागेर बस्न नहुने विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले प्राणीशास्त्रको अध्ययन एवं खोज मानव जातिका लागि निकै उपयोगी हुने भन्दै समाजलाई अगाडि बढाउन प्राविधिक विषय मात्र प्रयाप्त हुन नसक्ने धारणा राखे ।

प्राडा रामबहादुर थापा, प्राडा महेन्द्र महर्जन र विकास बरालले प्राणीशास्त्रको अध्ययनले समाजलाई मात्र नभएर जीवजन्तुको संरक्षण गर्न पनि मद्दत गर्ने विचार व्यक्त गरे । सोही अवसरमा प्राणीशास्त्रका प्राडाहरु रामबहादुर थापा, कालुराम राई, सुशीलकुमार झा, भरतराज सुब्बा, शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देव र योगेन्द्रनारायण दासलाई सम्मान एवं अभिनन्दन पनि गरिएको थियो । रासस

jackson ribon