birat ribon

कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भयो : देउवा

Neuro
कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भयो : देउवा

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् ।

शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीको खिलाफमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।

cura insider

कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली काङ्ग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारे ।

महिला मतदातालाई नेपाली काङ्ग्रेस पार्टीमा आकर्षित गराउनुपर्नेमा सभापति देउवाले जोड दिए ।

jackson ribon