birat ribon

‘आदिपुरुष’ मा कृति र सन्नीको प्रवेश

Neuro
‘आदिपुरुष’ मा कृति र सन्नीको प्रवेश

विराटनगर / रेबेल स्टार प्रभासको आगामी फिल्म ‘आदिपुरुष’ मा कृति सेनन र सन्नी सिंहको प्रवेश भएको छ ।

‘आदिपुरुष’ एक पौराणिक कथामा आधारित फिल्म हो । हिन्दु पौराणिक कथाअनुसार भगवान रामलाई आदिपुरूष भनेर सम्बोधन गरिन्छ । फिल्ममा प्रभास रामको भूमिकामा देखिने छन् भने कृतिले सीताको र सन्नीले लक्ष्मणको भूमिका निर्वाह गर्ने छन् ।

cura insider

ओम राउतको निर्देशन रहने यो फिल्मको कथा हिन्दु महाकाव्य रामायणमा आधारित हुनेछ । फिल्ममा खलनायक अर्थात रावणको भूमिकामा बलिउड अभिनेता सैफ अली खान देखिनेछन् । निर्देशक राउत र सैफको यो दोस्रो सहकार्य हो । यसअघि सुपरहिट फिल्म ‘तान्हाजी : द अनसङ वारियर’ मा उनीहरुबीच सहकार्य भएको थियो ।

‘आदिपुरुष’ एक प्यान इन्डियन फिल्म हो । थ्रिडी एक्सन ड्रामामा निर्माण हुने यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

jackson ribon