birat ribon

‘कहानी हो यो प्रेमको’ अडिसन सुरु

Neuro
‘कहानी हो यो प्रेमको’ अडिसन सुरु

विराटनगर / नारी प्रधान प्रेम कथामा निर्माण हुन लागेको वेब सिरिज ‘कहानी हो यो प्रेमको’ हाल धमाधम अडिसन भइरहेको छ ।

शुक्रबार इटहरीस्थित चिन्तन चौतारीमा पहिलो चरणको अडिसन सम्पन्न भयो भने दोस्रो चरणको अडिसन चैतको पहिलो सातामा हुनेछ । बुद्ध इन्टरनेसनल फिल्म प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो सिरिजमा भीम लामाको निर्देशन रहने छ ।

cura insider

प्रदेश १ मा रहेर कलाकारिता गर्न चाहनेहरुका लागि यो अडिसन एउटा अवसर रहने निर्देशक लामा बताउँछन् । ‘रङ्गमञ्चमा मन भएको तर अवसर नपाएको, कला भएको तर अवसर नपाएको कलाकारहरुका लागि पहिलो खुड्किलो यो प्लेटफर्म हुनेछ,’ निर्देशक लामाले भने, ‘हामी प्रदेश १ को चलचित्रकर्मी भएको नाताले प्रदेश १ मा अब काठमाडौँ जस्तै चलचित्र उद्योग र चलचित्रकर्मीको कर्म भूमि बनाउने उद्देश्यले हामी अगाडि बढेका छौँ ।’

‘कहानी हो यो प्रेमको’ वेब सिरिजमा प्रकाश सुब्बा ,बोधराज पुरुष र निर्देशक लामा आफैँको लगानी रहेको छ । शुक्रबार गरिएको अडिसन चलचित्र निर्देशक तथा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान, चलचित्र निर्माता निर्देशक तथा सिनेमा हल सञ्चलक परशुराम चौधरी, चलिचित्र निर्देशक प्रकाश सुब्बा र निर्देशक भीम लामाले लिएका थिए । अडिसनमा १२ जनाले सहभागिता जनाएका थिए ।

jackson ribon