birat ribon

अमेरिकी सेनाले तयार पार्यो चीनविरुद्धको रणनीति

Neuro
अमेरिकी सेनाले तयार पार्यो चीनविरुद्धको रणनीति

विराटनगर / अमेरिकी सेनाले नेपालको छिमेकी मुलुक चीनविरुद्ध ८५ पृष्ठ लामो रणनीति तयार पारेको छ ।

एटलान्टिङ काउन्सिल अमेरिकी थिङ्क ट्याङ्क अर्थात नीति संस्थानले जनवरी २८ मा नयाँ चीन रणनीति सार्वजनीक गरेको थियो। ८५ पृष्ठ लामो रणनीतिलाई ‘द लङ्गर टेलिग्राम’ नाम दिइएको भए पनि लेखकको नाम गोप्य राखिएको छ । तर लेखक कुनै अमेरिकी पूर्व वरिष्ठ सरकारी अधिकारी हुनसक्ने अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।

cura insider

उक्त रणनीतिक पत्रमा लेखिएको छ, ‘एक्काइसौं शताब्दीमा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक संसारले सामना गरिरहेको सबैभन्दा महत्वपूर्ण चुनौत भनेको सि चिनफिङको नेतृत्वमा बढ्दो निरंकुश र आक्रामक चीनको उदय हो।’ ‘चीनसँग लामो समयदेखि अमेरिकाको सामना गर्ने एकीकृत परिचालन रणनीति रहेको छ, संयुक्त राज्य अमेरिकासँग अहिलेसम्म त्यस्तो रणनीति छैन्, यो एक राष्ट्रिय जिम्मेवारीको विलम्व हो।’ ‘अमेरिकी रणनीति र नीति सि र उनको घेराभित्र रहेको गल्तीमा केन्द्रित छ, र त्यसलाई सुधार गर्नु अमेरिकी रणनीतिको उद्देश्य हो।’ ‘सीको नेतृत्व र कल्पना भन्दा अधिक महत्वकांक्षको बारेमा कम्युनिस्ट पार्टी अभिजात वर्ग धेरै विभाजित छन्।’

‘अमेरिकी रणनीतिको प्रमुख लक्ष्य भनेको, अन्र्तर्राष्ट्रिय अमेरिकी उदारवादी नीतिलाई टक्कर दिन प्रतिद्धन्द्धी निर्देशन बनाएर अघि बढ्नुको सट्टा चीनले अमेरिकाकै नीति भित्र खेल्न खोजको हो ? भनेर निश्चित पार्नु हो,’ उक्त रणनीतिक कागजमा उल्लेख छ। जो बाइडेन प्रशासनले यी नीतिहरुलाई पूर्ण रुपमा अँगाल्छ या अँगाल्दैन भन्ने कुरा भोलिका दिनमा थाहा हुनेछ। यद्यपि, अघि सारिएका रणनीतिहरु निकै नै गम्भीर छन्। रणनीतिमा उल्लेखित एम प्रमुख कुरा ‘रेड लाइन’ अर्थात रातो रेखाको श्रृंखला रहेको छ। रेड लाइन नाम दिइएको ती सीमा चीनले पार गर्‍यो भने अमेरिकाले सोझैं सैन्य जवाफ दिनेछ।

जसअन्तर्गत ‘चीन वा उत्तर कोरियाले संयुक्त राज्य अमेरिका या यसका मित्र राष्ट्रहरुविरुद्ध कुनै किसिमको आणविक, रसायनीक र बायोलोजिकल हतियारको कार्य ताइवान र यसको अपतटीय टापुहरु विरुद्ध कुनै चिनियाँ सैन्य हमला, आर्थिक नाकाबन्दी, साइबर आक्रमण वा ताइवानको सार्वजनीक पूर्वाधार, संस्थानमाथि कुनै किसिमको आक्रमण
जापानी सेनाविरुद्ध कुनै पनि अमेरिकी आक्रमण र जापानको अधिकार रहेको सेन्काकु टापु र पूर्वी चीन सागर वरपरको एक्सक्लुसिभ इकोनोमिक जोन (ईईजेड)मा चिनियाँ आक्रमण दक्षिण चीन सागरमा थप दाबी र टापुहरु सैन्यकरण गर्ने शत्रुतापूर्ण कार्य, त्यहाँ दाबी गर्ने अन्य मूलूक हरु विरुद्ध बल प्रयोग र सो क्षेत्रमा संयुक्त राज्य अमेरिका र अन्य समुन्द्री मित्रहरुको नेविगेशन अपरेशनमा रोक अमेरिकासँग सन्धी गरेका कुनै पनि राष्ट्र र त्यहाँको सेनाको सम्पती माथि आक्रमण’ माथिका बुदाहरुलाई उक्त रणनीतिक पत्रले रेड लाइनका रुपमा राखेको छ।

यीमध्येका कुनै पनि बुँदा उल्लंघन गरेमा अमेरिकाले सैन्य जवाफ दिनसक्ने छ। अमेरिकी इन्डो प्यासिफिक हेडक्वाटरमा रणनीतिक, परिचालक र टेक्टिकल टीमले अमेरिकी सैन्य स्थपनाका लागि नयाँ रुपरेखा तयार पारिरहेका छन्। यी रुपरेखा पेन्टागन पठाइने छन् र सुरक्षा सचिव जनरललोयड अस्टिनले हेर्नेछन्।

नयाँ सैन्य स्थापनको रुपरेखा अन्तर्गत पहिलो त अमेरिकी समुद्री सेनाको भूमिका बढ्ने छ। चलाख र वौद्धिक क्षमताका समुद्री सेनाका कमाण्डर डेभ बर्गरको नेतृत्वमा सैन्य विस्तारीकरण, क्षमता अभिवृद्धी र मध्यपूर्वमा जहिले पनि आक्रमण गर्न सक्ने किसिमले भूमि आधारित रणनीति बनेको छ।

नयाँ अमेरिकी चीन रणनीतिको सन्दर्भमा दक्षिण चीन सागरमा अमेरिकी समुद्री सेनाले यात्रा गर्न सक्नेछ। चीनले आफ्नो रक्षाका लागि प्रयोग गरेका टापुहरुभित्रसमेत अमेरिकी सेना जानेछ। त्यसपछि अमेरिकी नौ सेना अर्थात समुद्री सेनाले आर्मड ड्रोन, खतरनाक साइबर क्षमता, दक्ष समुद्री सेना, एन्टी एयर मिसाइल र पानी जहाज विनाशक जस्ता हतियारहरु अमेरिकी जल सेनाविरुद्ध प्रयोग गर्न सक्नेछ। चीनले दक्षिण चीन सागरमा आफ्नो सैन्य स्थापनाका लागि बनाएका कृत्रिम टापुहरु अमेरिकी मुख्य निशानाका रुपमा रहनेछन्।

नयाँ अमेरकी रणनीतिमा दक्षिण चीन सागरमा चीनले दाबी गरेको पानी क्षेत्रमा अमेकिकी युद्धतोपहरुले गस्ती गर्नेछन्। र यो रणनीति कति ससक्त छ भने, पछि अन्य मूलूकहरुले पनि सो क्षेत्रमा गस्ती गर्न सक्ने छन् र बिस्तारै चिनियाँ दाबीमा अन्तर्राष्ट्रिय प्रभाव पर्दै जाने अनुमान छ। जुन चीनको अवैधानिक दाबीका लागि हारको सुरुवात हुँदै जाने दाबी गरिएको छ ।

यससँगै अष्टेलिया, न्युजिल्याण्ड, भारत, जापान, दक्षिण कोरिया, सिंगापुर र भियतनामलाई समेत अमेरिकाले यसमा सहभागी गराउने छ। चिनियाँ पिपुल्स लिब्रेसन आर्मीको शक्तिशाली बलको सामना गर्न अमेरिकी रणनीति भनेको विश्वभरका अन्य शक्ति मुलुकहरुको गठबन्धन गराउनु जस्तो देखिएको छ।

यसबाहेक अमेरिकी सेनाले एसियाका विभिन्न टापुलगायतका क्षेत्रमा लामो दूरीका स्थल आक्रमण हतियार, लडाकु विमानसहितका सुविधाहरु स्थापना गर्दैछ। यी अमेरिकी सैन्य स्थापनाहरु गुआम, जापान, अष्ट्रेलिया, दक्षिण कोरियाका ठूला सैन्य स्थापनाहरुबाट समर्थीत निगरानीमा हुनेछन्। यसले अमेरिकी सेनाको क्षमतालाई अझैं प्रभावशाली, सशक्त र तीव्र बनाउने विश्वास लिइएको छ ।

jackson ribon