birat ribon

एमालेको माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक बस्दै

Neuro
एमालेको माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक बस्दै

विराटनगर / अध्यक्ष केपी शर्मा ओली एकपक्षीय रुपमा अघि बढ्न खोजेपछि नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक आज (शनिबार) बिहान बस्दैछ ।

ओलीले नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट अलग गराएपछि काठमाडौंको बानेश्वरस्थित एक होटलमा बिहान ११ बजे बैठक बोलाइएको हो । नेपाल समूहले ओलीविरुद्ध रणनीति बनाउन बैठक राखेको जानकारी स्रोतले दियो। ओलीले शुक्रबार नेपाल पक्षका नेताहरुबाट पार्टीको जिम्मेवारी खोसेका थिए । त्यसलगत्तै बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले देशभर समानान्तर कमिटी गठन गर्ने निर्णय गर्यो ।

cura insider

समानान्तर कमिटी गठन र ओली एकपक्षीय रुपमा अघि बढ्न खोजेको विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । सर्वोच्च अदालतको फैसलाले नेकपाको एकतालाई बदर गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि नेपाल खेमाका नेताहरु एमालेमा नयाँ ‘संघर्ष’ को चरणमा पुगेका हुन् ।

jackson ribon