birat ribon

युभेन्टससँग अटलान्टाको अङ्क बराबरी

Neuro
युभेन्टससँग अटलान्टाको अङ्क बराबरी

विराटनगर / इटालियन सिरी ‘ए’मा अटालान्टाले स्पेजियामाथि ३–१ गोलको जित निकालेको छ । शुक्रबार राति आफ्नै मैदानमा भएको खेलमा अटलान्टालाई जिताउन मारियो पासालिकले दुई गोल गरे भने लुइस फर्नान्डो मुरियल फ्रुटोले एक गोल गरे ।

स्पेजियाका रोबर्टो पाइकोलीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औँ मिनेटमा पासालिकले गोल गर्दै अटलान्टालाई अग्रता दिलाए ।

cura insider

५५औँ मिनेटमा फ्रुटोले गोल गरेपछि अटलान्टाले आफ्नो अग्रता दोब्बर बनायो । ७२औँ मिनेटमा पासालिकले दोस्रो गोल गर्दै अटलान्टालाई ३–० गोलले अग्रता दिलाए । ८१औँ मिनेटमा पाइकोलीले गरेको गोल स्पेजियाका लागि सान्त्वना गोल बन्यो ।

जितसँगै अटलान्टाले साविक विजेता युभेन्टससँग अङ्क बराबरी गरेको छ । चौथो स्थानको उसले २७ खेलमा ५२ अङ्क जोडेको छ । २५ खेल खेलेको युभेन्टससँग समान अङ्क भए पनि गोलान्तरको आधारमा अटलान्टाभन्दा अगाडि छ ।

jackson ribon