birat ribon

मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना

Neuro
मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना

विराटनगर / मुलुकका केही स्थानमा आज (शनिबार) हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा पनि भएको छ । महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पनि जनाएको छ ।

cura insider

दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मुलुकका विभिन्न स्थानमा हिमपात र मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना रहेका कारण उच्च सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

jackson ribon