birat ribon

माओेवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Neuro
माओेवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

विराटनगर / मुलुकको पछिल्लो राजनैतिक घटना क्रमका बारेमा छलफल र समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (शनिबार) बिहान बोलाइएको छ ।

बिहान ९ बजे बोलाइएको बैठकमा नयाँ सत्तासमीकरण, एमालेभित्र माधवकुमार नेपाल समूहलाई केपी शर्मा ओली समूहले गरेको कारबाही तथा एमालेले माओवादी केन्द्रका नेतालाई भित्राएको विषयमा छलफल हुने नेताहरुले बताएका छन् । शुक्रबार माओवादी केन्द्रले कांग्रेस र नयाँ सत्तासमीकरणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको थियो ।

cura insider

छलफल भएको भोलिपल्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकमा एमाले छिरेका माओवादी केन्द्रका नेतालाई फिर्ता बोलाउने र फिर्ता आउन नमानेमा कारबाही गर्ने तयारीसमेत रहेको बताइएको छ ।

jackson ribon