birat ribon

पशुपतिनाथबाट आज साधुसन्तको विदाई गरिँदै

Neuro
पशुपतिनाथबाट आज साधुसन्तको विदाई गरिँदै

विराटनगर / पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज (शनिबार) विदाई गरिँदै छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शन गर्न आएका उनीहरुलाई दक्षिणासहित विदाइ गरिने भएको हो । आज बिहान ९ बजेपछि साधुसन्त बिदाइको कार्यक्रम राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

cura insider

यस वर्ष कोषले एक सयदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिने तयारी गरेको छ । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिन लागिएको स्रोतले बतायो ।

यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेका सामग्री दिएर विदाई गर्ने भएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्दै आएका छन् ।

jackson ribon