birat ribon

अमेरिकामा मारिएका जोर्ज फ्लोइडको परिवारले राहत पाउने

Neuro
अमेरिकामा मारिएका जोर्ज फ्लोइडको परिवारले राहत पाउने

विराटनगर / अमेरिकामा प्रहरीद्धारा मारिएका जोर्ज फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत दिइने भएको छ ।

गत वर्ष मे महिनामा अमेरिकी प्रहरीद्धारा मारिएका अश्वेत व्यक्ति जर्ज फ्लोइडको परिवारले राहत पाउने भएका हुन् । अमेरिकाको सहर मिनियापोलिसको प्रशासनले फ्लोइडको परिवारलाई राहत दिने घोषणा गरेको हो ।

cura insider

मे महिनामा अमेरिकाका एक प्रहरी अधिकारी डेरेक चौविनले घुँडामुनि थिचेर उनको हत्या गरेको भिडियो भाइरल भएको थियो । भिडियोमा चौविनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देख्न सकिन्छ ।

फ्लोइड मृत्यु प्रकरणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञासमेत जारी भएको थियो । फ्लोइडको मृत्यु प्रकरणलाई लिएर अमेरिकाको मिनेसोटा राज्यले मिनियापोलिसका प्रहरीविरुद्ध मानव अधिकारसम्बन्धी उजुरीसमेत दर्ता गराएको थियो ।

jackson ribon