birat ribon

निजीलाई खोप ल्याउन दिइने, १० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने

Neuro
निजीलाई खोप ल्याउन दिइने, १० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने

विराटनगर / कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले निजी कम्पनीहरूलाई अनुमति दिने भएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले एक–दुई दिनमै निजीलाई खोप ल्याउने वातावरण बनाउने बताए । निजी कम्पनीले ल्याएको खोप लागत मूल्यमा १० प्रतिशतसम्म मात्रै नाफा लिएर बेच्न पाउने मन्त्री त्रिपाठीले बताए । खोप ल्याउन औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्नेछ । तर, विभागमा अनुमतिका लागि एउटा पनि निवेदन परेको छैन । विभागको सूचना अधिकारी सन्तोष केसीले अनुमति मागे प्रक्रिया पूरा गरेर दिन सक्ने बताए ।

cura insider

निजीले खोप ल्याउने भएपछि खोप किनेर लगाउन सक्ने, तर सरकारको प्राथमिकतामा नपरेका वर्गका व्यक्तिसँग खोप लगाउने विकल्प हुने सरकारको आकलन छ । अहिलेसम्म १४ लाखभन्दा बढी नागरिकले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon