birat ribon

अबदेखि मलको हाहाकार नहुने

Neuro
अबदेखि मलको हाहाकार नहुने

विराटनगर / मुलुकमा अबदेखि रासायकिन मलको हाहाकार नहुने भएको छ । सरकारले समयमै कृषकले पाउने गरी मल उपलब्ध गराउने हिसाबमा काम गरिरहेको छ ।

सरकारले त्यसका लागि विभिन्न वैकल्पिक बाटो खोजेको हो। बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न छ वटा बाटो खुला भएको हो।

cura insider

चीनबाट सडकमार्ग हुँदै पहिलो पटक शुक्रबार एक हजार एक सय टन युरिया मल आयात गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले चीनमै उत्पादन भएको युरिया नेपालकै सिल्क मार्केट प्रालिमार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो। चीनको ल्हासाबाट चार हजार टन युरिया रेलवेमार्फत सिगात्सेसम्म ल्याइपुर्‍याइएको छ।

‘किसानलाई अबको दिनमा मलको समस्या व्यहोर्न नदिन सकेसम्म सबै प्रकारको वैकल्पिक बाटो पहिचान गरी खुला गर्न सरकार लागिपरेको छ’, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले भने, ‘यही क्रममा बंगलादेशसँग विभिन्न चरणमा छलफल र संवादमार्फत जीटुजीका आधारमा मल ल्याउने बाटो खोलेका छौं।’ कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ विभिन्न विकल्प प्रयोग गरी समयमै मल आपूर्ति गर्न सक्षम भएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon