birat ribon

‘लाहुरे’मा गौरभ र लक्ष्मी

Neuro
‘लाहुरे’मा गौरभ र लक्ष्मी

काठमाडौँ / जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक भिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार चन्द्र सिंह घलेको शब्द, सङ्गीत तथा घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । विदेशिएका युवाको कथालाई ‘लाहुरे’को भिडियोमा समेटिएको छ ।

एसियन म्युजिकले निर्माण गरेको भिडियोलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सहनिर्देशक रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

cura insider
jackson ribon