birat ribon

‘पत्रकार महासंघको चुनाव एक महिना भित्र’

Neuro
‘पत्रकार महासंघको चुनाव एक महिना भित्र’

विराटनगर । नेपाल पत्रकार महासंघको निर्वाचन एक महिना भित्र गर्ने तयारी रहेको महासंघ अध्यक्ष गोबिन्द आचार्यले बताएका छन् ।

विराटनगरमा आयाेजित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नयाँ नेतृत्वका लागि एक महिना भित्र निर्वाचन गर्ने तयारी रहेको बताएका हुन् ।

cura insider

‘निर्वाचनका लागि समिति बनाएका छौं, समितिले काम पनि गरिरहेको छ,’ उनले भने ‘ सम्भवत एक महिना भित्र निर्वाचन सम्पन्न हुन्छ ।’

उनले नयाँ नेतृत्व प्रत्यक्ष निर्वाचनको माध्यमबाट निर्वाचित हुने उनले बताए । यो विधि पहिलोपटक कार्यान्वयन हुन लागेको बताउँदै उनले केन्द्र प्रदेश र जिल्लाको निर्वाचन एकै पटक सम्पन्न गरिने बताए ।

jackson ribon