birat ribon

समाज रुपान्तरणका लागि पत्रकार बलियो पिलर : प्रदेश प्रमुख

Neuro
समाज रुपान्तरणका लागि पत्रकार बलियो पिलर : प्रदेश प्रमुख

विराटनगर । प्रदेश १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी प्यासीले समाज रुपान्तरणका लागि पत्रकार बलियो पिलर भएको बताएका छन् । षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले पत्रकार समाज रुपान्तरण र परिवर्तनको पिलर भएको बताएका हुन् ।

‘पत्रकार मोरल बुस्ट भएको पिलर रहेछ’ उनले भने ‘रेक्ट्रोफिटिङ गरेपछिको झैं भुकम्पले पनि नभत्काउने बलियो पिलर रहेछ, त्यो कुरा मैले आन्दोलनका क्रममा पछि अनुभूत गरेँ ।’

cura insider

पत्रकारिता देश, जनता र गणतन्त्र र संघीयताको अनुकुल हुने गर्नुपर्ने उनले बताए । मुलुकको परिवर्तन कुनै एक पक्षले वा नेताहरुको भाषणबाट मात्र प्राप्त नभएको भन्दै सबैको योगदानबाट सम्भव भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सार्वजनिक निकायमा हुने हरेक सूचनाको वास्तविक मालिक जनता भएको बताए ।

पत्रकार महासंघकै पहलबाट सूचनाको हक स्थापित भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको थियो । सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सूचनाको अधिकार सम्बन्धी पुरस्कारले वैयक्तिक स्वतन्त्रतालाई अझ शक्तिशाली बनाउने सशक्त पुरस्कार रहेकाले आफूले ग्रहण गरेको बताए ।

पुरस्कार ग्रहण गरेपछि सूचनाको हकको अभियानमा नयाँ जिम्मेवारी थपिएको अनुभुति भएको बताए ।

याे पनि : पत्रकार महासंघ पूर्व अध्यक्ष झालाई सूचनाको अधिकार पुरस्कार

jackson ribon