birat ribon

व्यावसायीको आग्रह : ‘पाँच प्रतिशत ब्याज दरमा ऋण प्रवाह व्यवस्था गरिदेउ’

Neuro
व्यावसायीको आग्रह : ‘पाँच प्रतिशत ब्याज दरमा ऋण प्रवाह व्यवस्था गरिदेउ’

विराटनगर । विराटनगरका उद्योगी व्यावसयीले निश्चित अवधिका लागि ५ प्रतिशत ब्याज दरमा ऋण प्रवाह गर्ने नीतिगत व्यवस्था गर्न आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण समस्यामा परेका उत्पादनमूलक उद्योगको पुनरूत्थानका लागि निश्चित अवधीका लागि ५ प्रतिशत दरमा ऋण प्रवाह गर्न आग्रह गरेका हुन् ।

cura insider

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थितीमा भएको उद्योग संगठन मोरङको ४८ औँ साधारणसभामा संगठनका अध्यक्ष भीम घिमिरेले ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न माग गरे ।उनले नोक्सानीमा गएका उद्योगलाई सूक्ष्म निगरानीमा राखेर सहयोग गर्नुपर्ने उनले बताए ।

‘मौद्रिक नीतिमा पुनर्कर्जाको व्यवस्थालाई विकेन्द्रीकरणको सिद्धान्तअनुरूप वितरण गर्ने भनिएको छ, ’ उनले भने ‘पुनर्कर्जा सहज र सरल तवरले पुनर्कर्जा प्रदान गर्ने व्यवस्था हुनुपर्दछ ।’

उनले कोरोना महामारी, लकडाउन, सीमा नाका बन्दलगायत समस्याले मोरङ र सुनसरीका अधिकांश उद्योगले समस्या भोगेपपनि उत्पादनमा कमी नआएको बताए ।

jackson ribon