birat ribon

रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा बुद्ध मलमा

Neuro
रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा बुद्ध मलमा

काठमाडौँ / विगत १३ वर्षदेखि सौन्दर्यप्रति सचेत सम्पूर्ण नेपालीहरूलाई सेवा दिँदै आएको रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरले अलग पहिचानसहित व्यवसाय विस्तार गरेको छ । बिहीबार बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिएकी छन् ।

प्रमुख अतिथि अभिनेता, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, पत्रकार ऋषि धमला र नायिका अनु शाहले संयुक्तरूपमा रिबन तथा केक काटेर बुद्ध मलको रश्मिलाज फेसियल हाउसको तेस्रो शाखा उद्घाटन गरेका थिए ।

cura insider

उद्घाटन कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा, नायिका रेजिना उप्रेती, हास्य कलाकार पल्पसा डङ्गोल, नायिका खुश्बु खड्का, लोकदोहोरी गायिका सञ्जु न्यौपाने, गायिका सहिमा श्रेष्ठ, सौन्दर्यविदहरू सोनी कारञ्जित, रुश्का श्रेष्ठ, सीता पाठक, सुमित्रा रञ्जित, मेनुका सिवाकोटी, रिना अवालेलगायतको उपस्थिति रहेको थियो ।

jackson ribon