birat ribon

बुढासुब्बा गोल्डकप : गतवर्षको पुरस्कार राशि भुक्तानी गर्न बाँकी, मुख्यमन्त्रीले पुरा गरेनन् एक वर्ष अघिको वाचा

Neuro
बुढासुब्बा गोल्डकप : गतवर्षको पुरस्कार राशि भुक्तानी गर्न बाँकी, मुख्यमन्त्रीले पुरा गरेनन् एक वर्ष अघिको वाचा

विराटनगर । काेराेना महामारीका कारण बुढासुब्बा गाेल्डकपकाे २२ औं संस्करणकाे विजेता र उपविजेता टाेलीलाई पुरस्कार राशि भुक्तानी गर्न समस्या भएपछि २३ औं संस्करण याे वर्ष नहुने भएकाे छ ।

कोरोना महामारीका कारण धरानमा आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपको २३ औं संस्करण याे वर्ष नहुने भएको हो ।

cura insider

आयोजक धरान फुटबल क्लबले प्रतियोगिताका लागि आर्थिक भार थेग्न नसकेर २३ औं संस्करण याे वर्ष सञ्चालन गर्न नसक्ने बताएकाे छ ।

क्लबका अध्यक्ष किशोर राईले गतवर्षकै विजेता उपविजेता टोलीलाई रकम उपलब्ध गराउन गाह्रो भएकाले प्रतियोगिता सञ्चालन गर्न नसकिएकाे बताए । गत वर्ष प्रदेश र स्थानीय सरकारले रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । तर अझै रकम उपलब्ध गराएको छैन ।

‘गतवर्षको विजेता टोलीलाई र उपबिजेता टोलीलाई रकम भुक्तानी गर्न सकेका छैनौं,’ कोसी अनलाइनसँग अध्यक्ष राईले भने ‘हामीलाई रकम उपलब्ध गराईदिने वाचा गरेका प्रदेश र स्थानीय सरकारपछि हटे, क्लबसँग अन्य आय स्रोत छैन ।’

२२ औं संस्करणका क्रममा प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने वाचा गरेको थियो । तर, कोभिडका कारण देखाउँदै प्रदेश सरकारले १० लाख रुपैयाँमा कटौती गर्दै ५ लाख रुपैयाँ दिने बताएको थियो । तर मुख्यमन्त्री शेरधन राईले गरेको वाचा अझै पुरा गरेका छैनन् ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ उपलब्ध गराउने भनेपनि अझै दिएको छैन । धरान उपमहानगरपालिकाले समेत उपलब्ध गराउने गरि वाचा गरेको ९ लाख रुपैयाँ पनि नदिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि कम्तीमा ८० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता गर्नका लागि केही रकम जुट्न सकेको खण्डमा भने चैत्रमा प्रतियोगिता गर्न सकिने बताइएको छ ।

आयोजक क्लबका अध्यक्ष राईले यो सिजनका लागि ३० लाखसम्म उपलब्ध हुनसकेको खण्डमा भने आयोजकले बाँकी रकम उठाएर प्रतियोगिता सञ्चालन गर्न सक्ने बताए ।

प्रतियोगिता २०५५ सालदेखि निरन्तर हुँदै आएको छ ।

jackson ribon