birat ribon

तौल बढाउने यी पाँच ड्राई फ्रुट्स

Neuro
तौल बढाउने यी पाँच ड्राई फ्रुट्स

विराटनगर / तौल कम गर्नुजस्तै कसैलाई तौल बढाउनु पनि गाह्रो काम हुनसक्छ । मोटोपना सबैको चिन्ताको विषय रहे पनि प्रायजसो धेरै पातलो मानिसहरूको समस्यालाई बेवास्ता गरिन्छ ।

शरीरको तौल कम हुनु पनि अत्यधिक तौल हुनेजस्तै स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । शरीरको तौल ठिक्क कायम गर्न धेरै खाद्य पदार्थको सेवनले सहयोग पुर्याउन सक्छन् । तीमध्ये स्वस्थ पोषक तत्वले भरिएका ड्राई फ्रुट्सले तौल बढाउन मद्दत गर्छन् ।

cura insider

बदाम : बदाममा फ्याट र क्यालोरीको मात्रा उच्च हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ । बदामको सेवन गरेर अत्यधिक बोसो बढ्दैन । यसको सेवनले निश्चित रूपमा केही मांसपेशीको निर्माण गरी स्वस्थ तौल कायम गर्न सहयोग पुग्छ ।
किसमिस : किसमिस क्यालोरीको मात्रा बढाउने सबैभन्दा सजिलो ड्राइ फ्रुट्स हो । कपर, म्याग्निसियम, भिटामिन र खनिजले भरिएको किसमिसको सेवनले स्वस्थ तौल बढाउन मद्दत गर्छ ।
हाडे बदाम : केवल एक सानो मुठ्ठी हाडे बदाममा १७० क्यालोरी, ६ ग्राम प्रोटिन, चार ग्राम फाइबर र १५ ग्राम स्वस्थ बोसो हुन्छ । स्वस्थ तरिकाले तौल बढाउन चाहनेका लागि यो उत्तम विकल्प हुनसक्छ ।
पास्ता : पास्तामा फ्याट र क्यालोरीको मात्रा उच्च हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ । त्यसकारण तौल घटाउन चाहने मानिसले भने पास्ताको सेवन बढाउनु हुँदैन ।
ओखर : ओखर खानुका धेरै फाइदा छन् । तौल बढाउन र शरीरको वृद्धिका लागि उच्च–ऊर्जा भएको ओखरको सेवन गर्न सकिन्छ ।

jackson ribon