birat ribon

एमालेको केन्द्रीय कमिटी बैठक : नेपाल समूहलाई जानकारी छैन, महाधिवेशनको मिति घोषणा

Neuro
एमालेको केन्द्रीय कमिटी बैठक : नेपाल समूहलाई जानकारी छैन, महाधिवेशनको मिति घोषणा

काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई जानकारी नदिई एक्लौटी निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाल समूहलाई जानकारी नै नदिई दसौँ महाधिवेशनको मिति तय गरेको छ ।

बैठकले आगामी मङ्सिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो । त्यसबाहेक नेपाल पक्षलाई जानकारी नदिई ओलीले आफ्ना पक्षबाट रामबहादुर थापा ‘बादल’ सहित ४२ जनालाई एमालेको केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका हुन् ।

cura insider

यस्तै बैठकले एमालेले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । योसँगै अब एमालेको केन्द्रीय कमिटी दुई सय ६४ सदस्यीय भएको छ ।

यस्तै बैठकले सातै प्रदेशको इन्चार्ज पनि तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, वागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

jackson ribon