birat ribon

मेस्सीप्रति एम्बाप्पेको सम्मान

Neuro
मेस्सीप्रति एम्बाप्पेको सम्मान

विराटनगर / फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार किलियन एमबाप्पेले बार्सिलोनाविरुद्ध जित दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा उलने बार्सिलोनाविरुद्ध चार गोल गरे ।

पहिलो लेगको खेलमा तीन तथा दोस्रो लेगको खेलमा एक गोल गर्दै उनले पिएसजीलाई अघिल्लो चरणमा पु¥याए । समग्रमा ५–२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

cura insider

पिएसजीले पहिलो लेगको खेलमा ४–१ गोलको जित निकालेको थियो भने दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोनाविरुद्ध चार गोल गरेसँगै एम्बाप्पेले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको कीर्तिमान आफ्नो नाममा सारेका थिए ।

विश्वकप विजेता एम्बाप्पे च्याम्पियन्स लिग इतिहासमा २५ गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । एमबाप्पेले २२ वर्ष ८० दिनमा च्याम्पियन्स लिगमा २५ गोलको कीर्तिमान कायम राखेका हुन् ।

यसअघि सो कीर्तिमान बार्सिलोनाका मेस्सीको नाममा रहेको थियो । उनले २२ वर्ष २ सय ८६ दिनमा सो कीर्तिमान कायम गरेका थिए ।

बार्सिलोनाविरुद्ध पिएसजीलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका एम्बाप्पे अर्जेन्टिनी स्टार मेस्सीप्रति सम्मान प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत एम्बाप्पेले मेस्सीसँगको फोटो हाल्दै ‘नमस्कार’ गरेको इमोजी प्रयोग गरेका छन् ।

एम्बाप्पेले प्रयोग गरेको इमोजीले मेस्सीप्रति गरेको सम्मानको सङ्केत बुझ्न सकिन्छ । उनलाई लिजेन्ड खेलाडीहरूमाथि सम्मान प्रकट गर्ने खेलाडीका रूपमा चिनिन्छ । यसअघि उनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँगको तस्बिर राख्दै आफ्नो आइडल भन्दै सम्मान गरेका थिए ।

फ्रान्सले पोर्चुगलको सामना गरेपछि उनले रोनाल्डोसँगको फोटो राख्दै सम्मान प्रकट गरेका थिए ।

jackson ribon