birat ribon

मनतातो पानी डिहाइड्रेसनका लागि उत्तम

Neuro
मनतातो पानी डिहाइड्रेसनका लागि उत्तम

विराटनगर / तातो होस् वा चिसो पानी पिउनु स्वस्थ रहनका लागि महत्त्वपूर्ण हुन्छ । तर मनतातो पानी स्वास्थ्यका लागि अझ उत्तम हुने अध्ययनहरूले देखाएका छन् ।

पिउने पानीको तापक्रमले पाचन, रक्तसञ्चारमा असर गर्नुका साथै टाउको दुखाइमा पनि योगदान पु¥याउन सक्छ । विशेषगरी शरीरलाई हाइड्रेट राख्नका लागि मनतातो पानी पिउनु उत्तम विकल्प हुन्छ । डिहाइड्रेसनबाट बच्न चाहने मानिसले मनतातो पानी पिउनु उचित मानिन्छ । गर्मीमा एक गिलास चिसो पानी पिउँदा तिर्खा मेटिन सक्छ । तर, चिसो पानीले मनतातो पानीले जसरी शरीरलाई हाइड्रेट गर्दैन ।

cura insider

आयुर्वेदका अनुसार, मनतातो पानी शरीरका सबै भागमा पुग्ने गर्छ । चिसो पानी पिउनाले धमनीहरू सङ्कुचित हुन्छन् र शरीरको प्रत्येक कोषमा पुग्न सक्दैनन् । कुनै पनि तापक्रमको पानीले समग्र स्वास्थ्यलाई फाइदा पुर्याउँछ, मनतातो पानीले केही थप स्वास्थ्य लाभ प्रदान गर्छ । विज्ञान र आयुर्वेदका अनुसार बिहान तातो पानीको एक गिलासले हाइड्रेट गर्न र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने गर्छ ।

खाना खानुभन्दा अघि मनतातो पानी पिउनाले पाचन प्रक्रियामा मद्दत गर्छ, क्यालोरी सेवन कायम राख्न र शरीरद्वारा पोषक तत्वको शोषण बढाउँछ । चिसो र फ्लूका बिरामीका लागि तातो तरल पदार्थले ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । मनतातो पानी छालाका लागि पनि राम्रो हुन्छ र यसले तनाव पनि कम गर्छ । हरेक मानिसको शरीरमा चाहिने पानीको आवश्यकता एक–अर्काभन्दा फरक हुन्छ ।

स्वास्थ्य अवस्था, स्थान र शारीरिक गतिविधिको स्तरका आधारमा केही व्यक्तिलाई बढी तरल पदार्थको आवश्यकता हुन सक्छ । सामान्यतया, स्वस्थ व्यक्तिलाई एक दिनमा १९२० मिलिलिटर वा आठ गिलास पानी पिउन सिफारिस गरिन्छ । तर, अमेरिकाको नेसनल एकेडेमी अफ मेडिसिनका अनुसार पुरुषहरूले ३७ सय मिलिलिटर र महिलाले दिनको लगभग २७ सय मिलिलिटर तरल पदार्थ सेवन गर्नुपर्छ । यसमा पानी, अन्य पेय र खाद्य पदार्थहरूबाट पाइने फ्लुइडलाई पनि समावेश गरिएको छ ।

jackson ribon