birat ribon

मौलिक संस्कृतिको जगेर्नामा शान्ति रूपा तमु समाज

Neuro
मौलिक संस्कृतिको जगेर्नामा शान्ति रूपा तमु समाज

पोखरा / पश्चिमा संस्कृतिका कारण हराउँदै गएका हाम्रा मौलिक भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न शान्ति रूपा बराहा थोक तमु समाज लागिपरेको छ ।

रूपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवस मनाउने क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको छ । कार्यक्रममा विभिन्न जातीय र सांस्कृतिक झाँकी प्रदर्शनी प्रतियोगिता गरिएको थियो । २० भन्दा बढी समूहले भाग लिएको प्रतियोगितामा शान्ति रूपा बराहा थोक तमु समाज–६ उत्कृष्ट ठहरिएको छ ।

cura insider

शान्ति रूपाले लोप हुँदै गइरहेको छ्याडू (गुरुङ्ग समुदायको अर्घौंमा खेगीहरूले नाच्ने नाच), ट्होटे (हरेक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलबार मनाइने पर्व) र चुट्का नाचसँगै परापूर्व कालमा पुर्खाहरूले प्रयोग गर्ने गरेका सिप्री, स्याकु, छप्रि, ठेकी, मदानी, गौबा, पुंङा, पेरेखुलगाएतका सामग्री प्रदर्शन गरेका थिए । गुरुङ पोशाकमा सजिएका ४० जनाभन्दा बढी महिला उपस्थित महिला, पुरुषहरूले समुदायमा प्रचलित खानपानका परिकारसमेत प्रस्तुत गरेका थिए ।

jackson ribon